वर्तमान समयानुकूलको व्यापार नीति बनाउन वरिष्ठ उपाध्यक्षमा मेरो उम्मेदवारी : उपाध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेवारी घोषणा गरेका छन् । महासंघको आगामी चैत २८ र २९ हुने साधारणसभा तथा निर्वाचनमा श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेवारी दिने घोषणा गरेका हुन् ।

उनले मुलुकभित्र नै व्यावसायिक वातावरण र लगानी सुरक्षाको वातावरण बनाउनका लागि आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवाररी दिने घोषणा गरेको बताए । उपाध्यक्ष श्रेष्ठले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै समय परिवर्तनशील रहेकाले परिवर्तनशील समयअनुकूल नीति निर्माण गर्नका लागि पनि आफ्नो उम्मेदवारी रहेको बताए ।

उनले चीन र भारतको व्यापारमा जुन गतिमा विकास भएको छ त्यो गतिमा नेपाल जान सकेन भने उत्पादक मुलुकभन्दा पनि बजारका रूपमा मात्रै विकास हुने बताए । उनले अबको चुनौती भनेको नयाँ व्यापार नीतिहरू ल्याउनु र सशक्त संगठन विस्तार गरेको बताए ।

उनले संगठन विस्तार गर्न आफ्नो २० वर्षको अनुभवले सहज हुने दाबी गरे । उनले पछिल्लो समय विभिन्न जिल्लामा उद्योग वाणिज्य संघको भ्रमण गरेर मेरो उम्मेदवारीको कुरा राखेको र निर्वाचनमा सबैले आफूलाई मतदान गरी निर्वाचित गराउने बताए ।

श्रेष्ठले पछिल्लो समय उद्योग वाणिज्य महासंघले साना व्यवसायीहरूका मुद्दालाई उठाएन भन्ने आरोप लाग्न नदिने बताए । उनले हँुच भएर पनि प्रभाव पुग्न नसकेको भन्दै नयाँ नेतृत्व चयनपश्चात् प्रभाव पुर्‍याउने गरी काम गर्ने बताए ।

उनले महासंघसँग आबद्ध भएर काम गरेको २० वर्षको अनुभव, ३० वर्षको व्यावसायिक अनुभव र महासंघमा १५ वर्ष कार्यसमितिमा बसेर काम गरिसकेको र एक कार्यकाल पदाधिकारी भएर काम गरिसकेको अनुभव भएकाले वरिष्ठ उपाध्यक्षमा योग्य उम्मेदवार आफू रहेको बताए । उनले महासंघको विभिन्न उद्योग, राजस्व समिति र रोजगारदाता परिषदमा बसेर काम गरेकाले त्यो अनुभवलाई लिएर अगाडि बढ्ने सोच बनाएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *