फुटबलका नयाँ प्रशिक्षक भन्छन- प्रतिभावान खेलाडीलाई समेट्दै टोली निमार्ण गर्छु

नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले नेपालमा भएका खेलाडीलाई समेट्दै राष्ट्रिय टोलीको निमार्ण गर्ने बताएका छन् ।

मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा इटालियन प्रशिक्षक भिन्सेन्जोले चलिरहेको शहीद स्मारक ‘ए’ डिभिजन लिग र विगतका खेलबाट उनीहरूले गरेको प्रदर्शनका आधारमा टिम निमार्ण गर्ने बताएका हुन्। राष्ट्रिय टोलीका अधिकांश खेलाडी पलायन भएको अवस्थामा टोली सम्हाल्न नेपाल आएका भिन्सेन्जोले यस्तो बताएका हुन् ।

प्रशिक्षक भिन्सेन्जोले प्रशिक्षक बन्नका लागि अवसर खोजिरहेको र तीन वर्षदेखि नेपाली फुटबल पछ्याइरहेकाले नेपाल आउन चाहेको पनि बताए । उनले भारतीय आई लिगमा नेपाली खेलाडीको प्रतिभा देखेको र चलिरहेको ‘ए’ डिभिजन लिगमा पनि आपूmले सम्भावना बोकेका खेलाडी भेटेको बताए ।

यस्तै राष्ट्रिय टोलीका केही खेलाडीहरू विदेश गएको अवस्थामा कसरी टोली निमार्ण गर्नुहुन्छ भन्ने प्रश्नमा प्रशिक्षक भिन्सेन्जोले टिम बनाउँदा सम्पूर्ण रूपमा नयाँ नसकिने र एकैपटक धेरै नयाँ खेलाडीलाई मात्र समेटेर बनाउन कठिन हुने बताए । उनले विदेश गएका खेलाडीसँग सम्पर्क गर्ने प्रयास गर्नेसमेत बताए ।

प्रशिक्षक भिन्सेन्जोले नेपाल आउनुको लक्ष्य धेरैभन्दा धेरै खेलमा नेपाललाई सुखद् नतिजा दिलाउने र नेपालले विगतमा हासिल गर्न नसकेको सफलता दिलाउँदै करियर सुधार गर्ने रहेको बताए ।

नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जोको प्रशिक्षणमा नेपालले पहिलो घरेलु मैदानमा नेपाल, लाओस र भुटान सम्मिलित अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ । प्रशिक्षक भिन्सेन्जोलाई एन्फाले मासिक तलबबाहेक खाने बस्ने र आउने जाने व्यवस्था गरेको गरेको छ । प्रशिक्षकका लागि आवश्यक पर्ने बजेट हालका लागि एन्फाको आन्तरिक स्रोतबाट व्यवस्था गरिएको छ । प्रशिक्षक सम्झौता एक वर्षका लागि गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *