लघुवित्त र मिटरब्याजपीडितहरूले गरे काठमाडौंमा आन्दोलन (तस्बिरहरू)

लघुवित्त र मिटरब्याज पीडितहरूले काठमाडौंमा आन्दोलन गरेका छन् । मंगलबार लघुवित्त वित्तीय संस्थाहरूको विरोधमा माइतीघर मण्डलामा भेला भएर पीडितहरूले विरोध प्रदर्शन गरेका हुन् ।

विभिन्न जिल्लाहरूबाट काठमाडौं आएका उनीहरूले आज संयुक्त विरोध प्रदर्शन गरेका छन् । उनीहरूले ५५ भन्दा धेरै जिल्लाका लघुवित्त र मिटरब्याजपीडितहरू भेला भई संयुक्त आन्दोलन गरेको दाबी गरेका छन् ।

उनीहरूले लघुवित्त र मिटरब्याजीहरूले ॠण मिनाहा गर्नुपर्ने, किसानहरूलाई बिनाधितो ऋण प्रदान गर्नुपर्ने माग राखेका छन् । लघुवित्तीय संस्थाहरूले फिर्ता नहुने गरी केन्द्र बचतको नाममा विगत ३० वर्षदेखि गेरको प्रतिसदस्य पाँच रुपैयाँ बराबरको रकम फिर्ता गर्नुपर्ने, लघुवित्तीय संस्थाले कर्जा प्रवाह गर्दा २/३ पटक पुनःकर्जा प्रवाह गर्दा असुल गरेको रकम तुरुन्त फिर्ता गर्नुपर्ने, सम्पूर्ण ॠणीहरू बाहेकका विभिन्न नाममा गरिएको बचतकर्ताहरूको रकम हिसाव गरी फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन् ।

आन्दोलनमा सहभागीहरूले ‘समाजवादी अर्थतन्त्रको विकास गर’, ‘आम गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर’, ‘आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर आन्दोलन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर