बालाजु घटना : डीएसपी विष्टको तीन वर्ष बढुवा रोक्का, बमलाई नसियत

प्रहरी प्रधान कार्यालयले प्रहरी वृत्त बालाजुका तत्कालीन डीएसपी रविन विष्ट र प्रहरी प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी गणेशबहादुर बमलाई कारबाही गरेको छ।

गत फागुन १ गते काठमाडौंको बालाजुमा यातायात मजदुरको आन्दोलनका क्रममा उनीहरूको कमजोर कमाण्डका कारण प्रहरीकै गाडीमा आगजनी, तोडफोड र मोबाइल पसल लुटपाट भएको भन्दै प्रहरी प्रधान कार्यालयले उनीहरूलाई कारबाही गरेको हो।

घटनाको छानबिन गर्न डीआईजी मसाउद आलम खाँको नेतृत्वमा गठित समितिले गरेको सिफारिसका आधारमा डीएसपीद्वय विष्ट र बममाथि कारबाही भएको हो।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार डीएसपी विष्टलाई तीन वर्षसम्म बढुवा रोक्का गरिएको छ। घटनापछि विष्टलाई जिम्मेवारीबाट हटाइएको थियो।

यस्तै डीएसपी बमलाई भने नसियतको कारबाही गरिएको हो। बालाजु वृत्तको क्षेत्रमा घटना भएको भए पनि थप मद्दतका लागि सोह्रखुट्टेबाट तत्काल पुगेर कारबाही अघि बढाउनुपर्नेमा उक्त कार्यमा चुकेको भन्दै डीएसपी बमलाई नसियत दिइएको हो।

नसियत दिइएको मितिले एक वर्षभित्र डीएसपी बमलाई पनि बढुवा गर्न नमिल्ने बताइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर