राष्ट्रपति पौडेललाई कुमारी घरको बधाई

राष्ट्रपति रामचन्द्र पौडेललाई कुमारी घर, वसन्तपुरले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

कुमारी घरको प्रतिनिधिमण्डलले आज राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको हो । सोही क्रममा राष्ट्रपति पौडेलसमक्ष कुमारी घरमा भएको पूजाको प्रसाद पुर्‍याइएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेललाई कुमारी घर वसन्तपुरका प्रतिनिधिले शनिबार शीतल निवासमा बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै । सौजन्य तस्बिर : राष्ट्रपति कार्यालय/रासस

कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने, एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पुर्‍याउने परम्परा छ ।

सोही परम्पराअनुसार आज राष्ट्रपति निवास शीतल निवासमा कुमारी घरका प्रतिनिधिमण्डलले राष्ट्रपति पौडेलसमक्ष पहिलोपल्ट कुमारी घरको प्रसाद पुर्‍याएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर