पल्सर क्रिकेट एक्सेलेन्स सेन्टरले जित्यो नेपाल-पाकिस्तान मैत्रीपूर्ण टी-२० क्रिकेटको उपाधि

काठमाडौंस्थित पाकिस्तानी राजदूतावासद्वारा आयोजित आठौं संस्करणको नेपाल-पाकिस्तान मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगिताको उपाधि पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर, काठमाडौंले जितेको छ। दूतावासको पाकिस्तान टोली प्रतियोगिताको उपविजेता बनेको छ।

१० मार्चदेखि सुरु भएको प्रतियोगितामा १२ टोली सहभागी थिए। उपाधि विजेता टोलीलाई शनिबार आयोजित एक समारोहबीच प्रमुख अतिथि पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले ‘हिमालय शमशेर राणा ट्रफी’ वितरण गरे।

नेपालका लागि चिनियाँ राजदूत छन सङ पनि कार्यक्रमको विशेष अतिथि थिए।

यस्तै कार्यक्रममा परराष्ट्र मन्त्रालयकासहसचिव रामप्रसाद सुवेदी र काठमाडौंस्थित कूटनीतिक नियोगका केही सदस्यहरू पनि विशेष अतिथिका रूपमा उपस्थित थिए। जसमा श्रीलंकाका कार्यवाहक राजदूत, बंगलादेश र कतारको मिसनका उपप्रमुखलगायत थिए।

विशेष अतिथिहरूले टी-२० क्रिकेट प्रतियोगिताका प्रमुख खेलाडी तथा अफिसियलहरूलाई पनि पुरस्कार वितरण गरेका थिए।

समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री पाण्डेले कार्यक्रमलाई सफलतापूर्वक आयोजना गरेकोमा पाकिस्तानी दूतावासको पहलको प्रशंसा गरे।

उनले यस्ता स्वस्थ कार्यक्रम आयोजनाले नेपालमा खेलकुद गतिविधिलाई मात्रै नभई दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई पनि मजबुत बनाउने बताए।


कार्यक्रममा नेपालका लागि पाकिस्तानका कार्यवाहक राजदूत उमर अलीले यस प्रतियोगिताले नेपाल र पाकिस्तानबीच पारस्परिक हितका सबै क्षेत्रमा थप सहयोग र सहकार्यका लागि कोसेढुंगाको रूपमा काम गर्ने विश्वास व्यक्त गरे।

उनले यस्ता स्वस्थ खेलकुद कार्यक्रमहरू आयोजना गरी दुई देशका युवाहरूलाई एकै ठाउँमा ल्याउने प्रयासलाई निरन्तरता दिने पाकिस्तानी दूतावासको प्रतिबद्धता दोहोर्‍याए। अलीले समारोहमा आफ्नो बहुमूल्य उपस्थितिका लागि विशिष्ट अतिथिहरू र यो सफल कार्यक्रम आयोजना गर्न सहयोग गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर