कांग्रेसमा मन्त्री छनोटको यस्तो छ मापदण्ड

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर सरकार जाने निर्णय गरेको छ। संघीय संसद भवनको शंकर हलमा आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो।

कांग्रेसले सरकारमा पठाउने मन्त्री चयनका लागि चार मापदण्डसमेत तय गरेको छ।

बैठकले मन्त्रिपरिषदमा पठाउँदा योग्यता, योगदान, समावेशिता र प्रादेशिक सन्तुलनलाई मध्यनजर राखेर मन्त्री सरकारमा पठाउने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए।

प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिएपछि कांग्रेस सरकारमा सहभागी हुने हुनेछ। उनका अनुसार कांग्रेस कसको नेतृत्वमा सरकारमा जान्छ भनेर टुंगो लागिसकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *