प्रचण्डलाई विश्वासको मत दिने रास्वपाको निर्णय

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ। आइतबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सचेतक सन्तोष परियारले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिँदैछन्। उनलाई नेकपा एमाले, राप्रपा र नेमकिपाबाहेक सबै दलले विश्वासको मत दिने तयारी गरेका छन्।

यसअघि आजै नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *