बझाङमा एमाले र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा, १२५ मतले कांग्रेस अगाडि

बझाङ–१ प्रदेश सभामा नेपाली कांग्रेसले पुनः मतान्तर बढाएको छ । २५ हजार १४२ मत गन्दा नेपाली कांग्रेसले १ सय २५ मतको अग्रता बनाएको हो ।

कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले ९ हजार ४६८ मत ल्याउँदा एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ९ हजार ३४३ मत ल्याएका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ५८७ मत तथा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ३७३ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *