प्रहरीका ५ डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

सरकारले नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई बढुवा गर्ने निर्णय गरेको हो ।

एआईजीमा बढुवा हुनेहरुमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन् । उनीहरुलाई दुई साताअघि गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

५६ वर्षे उमेर हदका कारण एआईजीहरू विश्वराज पोखरेल, मुकुन्दराज आचार्य, अरुणकुमार बीसी, रवीन्द्रबहादुर धानुक र पूजा सिंहले अवकाश पाएसँगै नेपाल प्रहरीमा ५ एआईजी पद रिक्त थियो । एआईजी पोखरेलले २०७९ साउन २०, आचार्यले भदौ २३, बीसीले कार्तिक १४, धानुकले कार्तिक २४ र सिंहले फागुन ७ मा अवकाश पाएका थिए ।

प्रहरीको ३० वर्षे सेवा अवधिको प्रावधानका अनुसार हालका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहको कार्यकाल यही ११ चैतसम्म छ । उक्त प्रावधानमा हेरफेर नभए हाल एआईजीमा बढुवा भएका प्रहरी अधिकारीबाट नै भावी आईजीपी चयन गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *