उपनिर्वाचन-२०८०

उपनिर्वाचनका विषयमा छलफल गर्न जसपाको बैठक बस्दै

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) को पार्टी कार्यकारिणी समितिको बैठक आज बस्दै छ।

बुधबार बालकुमारीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे कार्यकारिणी समितिको बैठक बस्ने कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए।

बैठकमा वैशाख १० गते प्रतिनिधि सभाअन्तर्गत तीनवटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारीलगायतका विषयमा छलफल हुने जनाइएको छ। उपचुनावका लागि चैत २० गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका तय भएको छ।

बारा क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने लगभग तय भएको बताइएको छ।

यसैगरी कार्यकारिणी समितिको बैठकमा मन्त्रिपरिषदमा पार्टीको सहभागिता र विधान अधिवेशनको विषयमा पनि छलफल हुने भएको छ। जसपाले सरकारमा सहभागी हुने निर्णय गरिसकेको भए पनि कसलाई मन्त्री बनाउने र कति जना पठाउनेलगायतका विषयमा पनि छलफल हुने सो पार्टीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर