सशस्त्र प्रहरीद्वारा नेपाल-भारत सीमाक्षेत्रबाट ६४ किलाे गाँजा बरामद

सशस्त्र प्रहरीले सप्तरीकाे नेपाल-भारत सीमाक्षेत्रबाट ६४ किलोग्राम बढी गाँजा बरामद गरेको छ। बिहीबार बिहान ४ बजे डाक्नेश्वरी नगरपालिका-३, हटेलस्थित सीामा इलाकाबाट ६४ किलो ५०० ग्राम गाँजा बरामद भएको हो।

बीओपी पातोबाट खटिएको पैदल सीमा गस्ती टोलीलाई देखेपछि नेपाल ल्याउँदै गरेको गाँजा छोडेर ३/४ जना मानिसहरू भारततर्फ भागेका थिए।

बरामद बरामद गाँजा जिल्ला प्रहरी कार्यालय, सप्तरीमा बुझाइएको बीओपी पातोले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *