‘फरक क्षमता भएका व्यक्तिहरूका लागि आवश्यक स्वास्थ्य सामग्री स्वास्थ्य बीमामा समेट्नुपर्छ’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले फरक क्षमता भएका व्यक्तिहरुका लागि आवश्यक स्वास्थ्य सामग्री पनि स्वास्थ्य बीमा कार्यक्रममा समेट्नुपर्ने बताएकी छन् ।

नेत्रहीन महिला संघ, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो आवश्यकता औंल्याएकी हुन् ।

सांसद कार्कीले स्वास्थ्य बीमा कार्यक्रममा फरक क्षमता भएका व्यक्तिहरुका लागि आवश्यक स्वास्थ्य सामग्रीहरु समेटनका लागि नीति निर्माण नै गर्नुपर्ने भएको उल्लेख गर्दै त्यसमा आफूले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । उनले निजी क्षेत्रका संघ, संस्थाहरुलाई पनि सामाजिक उत्तरदायित्व अन्तरगत फरक क्षमता व्यक्तिहरुलाई रोजगारी दिने कुरामा विशेष ध्यान दिन आग्रह गरिन् ।

सांसद कार्कीले संविधानले फरक क्षमता भएका व्यक्तिका लागि विशेष व्यवस्था गर्न भने पनि त्यस अनुसार निजी क्षेत्रले काम नगरेकोमा असन्तुष्टि समेत व्यक्त गरिन् ।

सांसद कार्कीले फरक क्षमता भएका व्यक्तिमैंत्री हुनेगरी सेवा प्रदान गर्न बैंक तथा वित्तिय संस्थाहरुको पनि ध्यानाकर्षण गराइन् । कार्यक्रममा फरक क्षमता भएका व्यक्तिहरुका लागि विशेष व्यवस्था गर्न अझै गम्भिर नभएको भन्दै सरकारको आलोचना गरिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर