आपराधिक लाभ मुद्दामा पत्रकार कार्कीलाई सफाइ

काठमाडौं जिल्ला अदालतले आपराधिक लाभ मुद्दामा पत्रकार एन्जिना कार्कीलाई सफाइ दिएको छ । जिल्ला न्यायाधीश विनोद खतिवडाको इजलासले सोमबार कार्कीविरुद्ध दाबी नपुग्ने फैसला गरेको हो ।

आफूलाई ठगी गरेको भन्दै व्यवसायी ज्ञानेन्द्र शर्माले कार्कीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि महानगरीय प्रहरी वृत्त जनसेवाले २२ मंसिर २०७८ मा कार्कीलाई पक्राउ गरेको थियो । उनीविरुद्ध सोही वर्षको १८ पुसमा मुद्दा दायर भएको थियो ।

कार्कीविरुद्ध न्युरोडमा रहेको एक सहकारीबाट १५ लाख रुपैयाँ असुलेको आरोप पनि लागेको थियो । सोलुखुम्बु घर भई काठमाडौं बस्दै आएकी पत्रकार कार्की भारतीय टिभी च्यानल जी न्युजकी पूर्वकर्मचारीसमेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *