हवाई क्षेत्रको समस्या तत्काल समाधान गर्न प्रदीप पौडेलको माग

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले मुलुकको हवाई क्षेत्रमा पछिल्ला दिनहरूमा गम्भीर समस्याहरू देखापरेको उल्लेख गर्दै त्यसको दिगो समाधान खोज्न सरकारसँग माग गरेका हुन्।

कुनै जहाजको पाङग्रा खुस्किने, टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रुहरू अलपत्र बन्ने स्थिति पछिल्लो समय देखापरेको उल्लेख गर्दै सांसद पौडेलले सो समस्यालाई गम्भीतारपूर्वक लिन पनि सरकारलाई सचेत गराए।

उनले व्यवस्थापकीय पक्षमा चुक्दा नेपालको हवाई क्षेत्रमा बढि दुर्घटना हुने गरेको उल्लेख गर्दै त्यसलाई किन गम्भीरतापूर्वक नलिएको भनी सरकारलाई प्रश्नसमेत गरे।

उनले हवाई सुरक्षाको विषयलाई हरेक मुलुकले उच्च प्राथमिकता राख्ने गरे पनि नेपाल सरकार र सम्बन्धित निकाय त्यस मामिलामा बेखबरजस्तै बन्नु दुखद् रहेको पनि बताए।

सांसद पौडेलले सरकारले मुलुकको हवाई क्षेत्रको गरिमा थप गुम्न नदिने गरी उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर