नेप्से परिसूचकमा २० अंकको गिरावट

साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचक २० अंकले घटेर १८८८.५५ बिन्दुमा झरेको छ ।

त्यस्तै सेन्सेटिभ इण्डेक्स ३.७२ अंक घटेको छ भन फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोेट इण्डेक्स १.३३ अंक घटेको छ ।

आइतबार कारोबारमा आएका २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता शेयर १ अर्ब २० करोड ७१ लाख २२ हजार ६०० बराबरको शेयर कारोबार भएको छ । गत बिहीबारको तुलनामा शेयर कारोबार रकम बढेको छ ।

नेप्सेका १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक २.५८ प्रतिशत घटेको छ । त्यस्तै, लगानी, जलविद्युत, वित्त, विकास बैंक लघुवित्त र बैंकिङ उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

आइतबार नेप्से परिसूचकमा गिरावट आए पनि कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै सिटिजन्स म्युचुअल फण्ड १ को इकाइ मूल्य ६.१० प्रतिशत बढेको छ । तर यता स्वाभिमान लघुवित्तको शेयर मूल्य ९.६१ प्रतिशत घटेको छ । आइतबार कारोबारमा एनआईसी एशिया बैंकको ५ करोड ५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर