चलचित्र विकास बोर्डमा एक र जाँच समितिमा तीन सदस्य मनोनीत

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक तथा अभिनेता राजु केसी र केन्द्रीय चलचित्र जाँच समितिको तीन सदस्यमा निर्देशकद्वय भूपेन्द्र खड्का, ऋषिराज आचार्य र गायिका सरल पुन मगरलाई मनोनयन गरेको छ ।

मन्त्रिस्तरीय निर्णयबाट मनोनयन भएसँगै बोर्ड र जाँच समितिमा रिक्त रहेको पदपूर्ति भएको छ । बोर्ड सदस्यमा नियुक्त भएपछि निर्देशक केसीले आफ्नो अनुभवलाई पूर्ण उपयोग गर्ने बताए । ‘प्रेमपूजा’बाट अभिनय सुरु गरेका केसीले ‘धर्ती’ मार्फत निर्देशनको सुरुआत गरेका थिए । उनी अहिले ‘जाड’ नामक चलचित्रको निर्देशनमा व्यस्त छन् । केसी अगाडि निर्देशक केएल बुढाथोकी र सञ्चारकर्मी रवि अधिकारी पनि बोर्ड सदस्यमा नियुक्त भएका थिए ।

यस्तै निर्देशक आचार्यले आफूले पाएको जिम्मेवारीलाई पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताउए । ‘जाँचमा देखिएको र सुनिएको समस्या समाधान गर्नेतर्फ लाग्नेछु । चलचित्र निर्देशक रहेकाले काँटछाँटका विषयमा सुनिने गुनासो कम गर्नेछु,’ निर्देशक आचार्यले भने ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर