प्रदेश १ को नाम कोशी राख्ने निर्णय तत्काल सच्याउनुपर्छ : विप्लव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले प्रदेश १ को नाम कोशी राख्ने निर्णय तत्काल सच्याउन माग गरेका छन्।

जनताको चित्त बुझाउने गरी किरात, राई, लिम्बू सबैलाई मिलाएर सो प्रदेशको नामाकरण गर्नुपर्ने उनको भनाइ छ।

श्रमिक समुदाय मोर्चा, नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले भूगोल वा जाति विशेषको आधारमा नभई स्थानीय जनता आफैं समाहित हुने गरी प्रदेशहरूको नाम राख्न उपयुक्त हुने तर्क गरे। उनले जनतालाई पीडा हुने गरी राज्यसत्ताले अधिनायकवादी शासन लादिरहेको आरोप पनि लगाए।

महासचिव विप्लवले जातिवाद मुलुकका लागि कुनै पनि हालतमा स्वीकार्य नहुने बताए। उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी बढाउन पनि सरकारलाई सचेत गराए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर