राष्ट्र बैंकमा रोजगारीको अवसर

नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले बैंकमा रिक्त रहेको तथ्यांकशास्त्री (अधिकृत तृतीय सरह) पदमा २ जना करारमा कर्मचारी माग गरेको हो ।

४५ वर्ष ननाघेका योग्य इच्छुक नेपाली नागरिकले अनलाइन दरखास्त फारम पेस गर्न सक्ने बैंकले जनाएको छ । उम्मेदवारको योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट तथ्यांकशास्त्र विषयमा स्नाकोत्तर गरेको हुनुपर्ने छ । यस्तै सम्बन्धित विषयमा कम्तीमा दुई वर्षको अनुभव हुनुपर्ने छ । चैत २९ गतेसम्म दरखास्त दिन सकिने छ ।

थप विवरण हेर्नुहाेस् सूचनामा :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर