उपनिर्वाचनको कारण देखाउँदै जसपाले सार्‍याे विधान अधिवेशन

जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन सारेको छ । पार्टी उपनिर्वाचनको तयारीमा जुटेकाले जेठ १ गतेका लागि अधिवेशन सारिएको जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

उनका अनुसार जेठ १ देखि ३ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने छ । यसअघि यही चैत २६ गतेदेखि २८ गतेसम्म अधिवेशन गर्ने तय भएको थियो । तर, वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बनेकाले विधान अधिवेशन सारिएको थापाले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर