संक्रमणकालीन न्यायलाई फास्ट ट्र्याकमा टुंग्याउनुपर्छ : देवेन्द्र पौडेल

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले संक्रमणकालीन न्यायलाई फास्ट ट्र्याकको विधिद्वारा टुंग्याउनुपर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठककमा विशेष समयमा बोल्दै सांसद पौडेलले संक्रमणकालीन न्यायलाई फास्ट ट्र्याकको विधिद्वारा टुंग्याउनुपर्ने बताएका हुन्।

उनले संक्रमणकालीन न्यायको विषय अहिले सबैभन्दा पेचिलो बनेको उल्लेख गर्दै जनताको आन्दोलनबाट स्थापित मूल्य र मान्यताहरूलाई संस्थागत रूपमा टुंग्याउनु सबैको कर्तव्य भएको बताए।

उनले संक्रमणकालीन न्यायको सम्बन्धमा विमति जनाउने सांसदहरूलाई आफू बसेको कुर्सीमा लोकतान्त्रिक प्रणाली ल्याउन लडेका योद्धाहरूको रगतको टाटो छ कि भनेर हेर्न अनुरोधसमेत गरे।

सांसद पौडेलले इतिहासप्रति सम्मान गर्न सिक्नुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर