नम्बर १९ बगलामुखी विशेष कार्यदल गणलाई बाहिनीपति कपको उपाधि

सशस्त्र प्रहरीको पशुपतिनाथ बाहिनी मुख्यालय, काठमाडौंमा सञ्चालित ‘बाहिनीपति कप-२०७९’ को उपाधि नम्बर १९ बगलामुखी कार्यदल गणले जितेको छ। प्रतियोगितामा नम्बर २१ गण दक्षिणकाली द्वितीय र नम्बर २० विपद् उद्धार गण तृतीय भएका छन्।

सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापाको प्रमुख आतिथ्यतामा प्रतियोगिता शुक्रबार सकिएको हो। नायब महानिरीक्षक थापाले प्रतियोगिताका विजेता खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुका साथै खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई धन्यवादसमेत प्रकट गरे।

उनले खेलकुद मानव जीवनको एक महत्वपूर्ण अंग भएको चर्चा गर्दै सकारात्मक सोचकास ाथ खेलकुद प्रतियोगितामा सहभागी भएमा सदैव सफलता मिल्ने बताए।

नायव महानिरीक्षक थापाले यस प्रकारका पेशागत गतिविधिहरुमा सहभागी गराउँदा सशस्त्र प्रहरी कर्मचारीहरुको व्यावसायिक क्षमता अभिबृद्धि, सामूहिक भावनाको विकास, सेवाप्रतिको निष्ठा, युनिटप्रतिको बफादारिता, व्यक्तिगत अनुशासन तथा प्रतिस्पर्धात्मक क्षमता बिकास गराउने विश्वास व्यक्त गरे।

‘सशस्त्र प्रहरी बल नेपालमा पेशागत गतिविधि संचालनसम्बन्धी कार्यादेश २०७९’मा उल्लेख भएअनुसार यही चैत्र १९ गतेदेखि संचालन गरिएको विभिन्न विधाका प्रतियोगिताहरु संचालन गरिएको थियो। प्रतियोगितामा दौड, फुटबल, भलिबल र व्याडमिन्टन खेलहरु पनि समावेश थिए।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख, वडा नम्बर ११ र १२ का वडा अध्यक्षलगायत बाहिनी मातहत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर