हाेटल समिटले बनाउँदै गरेकाे नयाँ भवनका कारण छिमेकका घरहरू भासिए (फाेटाे फिचर)

ललितपुरको कुपण्डोल हाइटस्थित होटल समिटले बनाउँदै गरेको नयाँ भवनका कारण छिमेकका घरहरू भासिएका छन्। होटल समिटले बनाउँदै गरेको नयाँ संरचनाका कारण आसपासका थुप्रै घरहरू गए राति भासिएका छन्। र, अझै भासिने क्रम रोकिएको छैन।

कुपण्डोलमा समिट होटल एण्ड रेसिडेन्सको भवन निर्माणाधीन छ। उक्त संरचना बनाउने प्रयोजनका लागि जग खन्ने क्रममा आसपासका घरहरू भासिएका हुन्।

घर भत्किन थालेपछि घरभित्रका सामान बाहिर सारिरहेको पीडितमध्येका एक सुवासले बताए।

होटल भवनको डिजाइन।

ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले होटलको संरचना निर्माणका क्रममा आसपासका ५ घरमा क्षति पुगेको बताए। उनका अनुसार एउटा घर भत्किएर पूर्ण क्षतिग्रस्त भएको छ भने एउटा घर एक तल्ला मुनिसम्म भासिएको छ।

होटलको संरचनाका कारण घरहरू भत्किन थालेपछि मानवीय क्षति हुन नदिन राति २ बजे प्रहरीसहितको टोली परिचालन गरेर क्षतिग्रस्त घरमा फसेकाहरूलाई उद्धार गरिएको उनले बताए। ‘मानवीय क्षति हुन नदिन राति २ बजे प्रहरीसहितको टोली खटाएर उद्धार गरिएको छ। के त्रुटिका कारण यस्तो भयो भन्नेबारे अध्ययन भइरहेको छ,’ प्रजिअ आचार्यले भने, ‘यस विषयमा नगरपालिकासँग समन्वय गरेर विशेष छानबिन हुन्छ।’

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनसँग यसबारे कुरा गर्न सम्पर्क गर्दा उनले फाेन उठाएनन्।

हेर्नुहाेस् यी तस्बिरहरू :

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर