रास्वपा सांसदले २ करोड मागेको अडियोबारे छानबिन हुन्छ : गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको विषयमा सार्वजनिक अडियो संवादबारे छानबिन हुने बताएका छन्।

सोमबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले सो अडियोबारे छानबिन हुने बताएका हुन्।

‘२ करोडको कुरा आएको छ, त्यसलाई आधिकारित रूपमा अनुसन्धानको प्रक्रियाबाट हामी कुनै निष्कर्षमा पुगिसकेका छैनौं,’ मन्त्री श्रेष्ठले भने, ‘तर त्यसले एउटा परिणाम त बाहिर दिइनै सकेको छ।’

उपप्रधानमन्त्री श्रेष्ठले अडियो प्रकरणबारे सम्बन्धित पार्टी र तिनका नेताहरूले नै प्रस्ट पार्नुपर्ने पनि बताए।

आइतबार सार्वजनिक अडियोमा सांसद श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै २ करोड रुपैयाँ व्यवसायी प्रसाईंसँग मागेको सुनिन्छ। व्यवसायी प्रसाईंले आफू रकम दिन तयार रहेको अडियो संवादमा बताएका छन्।

रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गर्दै स्पष्टीकरणसमेत सोधिसकेको छ। रास्वपाले सांसद श्रेष्ठलाई ७२ घण्टे स्पष्टीकरण सोधेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर