फिलिपिन्समा पानीमा डुबेर मृत्यु हुनेको संख्या ‘असामान्य’, एक हप्तामै ७२ जनाले गुमाए ज्यान

फिलिपिन्समा यस महिनाको सुरुदेखि अहिलेसम्म डुबेर कम्तीमा ७२ जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।

क्याथोलिक बहुल राष्ट्रमा राजधानी मनिलालगायतका शहरबाट लाखौं मानिसले परम्परागत रूपमा यो बिदा मनाउन र परिवारसँग समय बिताउन समुद्रको किनार क्षेत्र र त्यहाँ रहेका होटलमा प्रकृतिको मनोरम वातावरणको आनन्द लिन पुग्ने गर्छन् ।

फिलिपिन्सको राष्ट्रिय प्रहरी (पीएनपी) का प्रवक्ता कर्नेल जिन फजार्डोले कोरोना भाइरस नियन्त्रणका लागि वर्षौंदेखि जारी आवागमनमा लगाइएको प्रतिबन्धका कारण मृत्यु हुनेको संख्या ‘बदलाको यात्रा’ का कारण भएको बताएका छन् ।

फजार्डोले एएफपीसँग भनेका छन्, ‘महामारीको लामो सास्तीपछि मानिसहरू समुद्र तट र रिसोर्टमा जानका लागि केही उत्साहित भए । धेरै मानिसको भीडमा केही दुःखद् घटनाहरू भएका हुन् ।’

मृतकको पहिचान तत्काल उपलब्ध नभए पनि फजार्दोका अनुसार मृत्यु हुनेमा पौडी खेल्ने क्रममा अभिभावकले बेवारिसे अवस्थामा छोडेका बालबालिका र मादक पदार्थ सेवन गरी समुद्री किनारमा पसेकाहरू रहेको बताइएको छ ।

फजार्डोले मृतकको संख्या ‘असामान्य’ र विगतका वर्षहरूको तुलनामा बढी भएको बताएका छन् ।

‘रिसोर्ट र समुद्र तटहरू खचाखच भरिएका थिए । यसले पनि डुबेर मृत्यु हुने घटनामा वृद्धि भएको हुन सक्छ,’ उनले भने ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार विश्वमा अन्जानमा हुने चोटपटकका कारण हुने मृत्युको तेस्रो प्रमुख कारण ‘पानीमा डुबेर मृत्यु’ हुने गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *