‘माग्ने बूढा’ काे जन्मदिनमा कसले के भने ?

हास्य कलाकार केदार घिमिरे (माग्ने बूढा) को जन्म दिनको अवसरमा आयोजित कार्यक्रममा कलाकार शिवहरि पौडेलले कलाकार घिमिरेले जुन कुरामा हात हालेपनि सफलता मात्रै हात लाग्ने भन्दै प्रशंसा गरेका छन् ।

कलाकार पौडेलले घिमिरेले जुन फिल्ममा खेलेपनि सफलता मात्रै हात लाग्ने र घिमिरेको फिल्म हेर्न जाने मान्छेको कमी नहुने बताए । उनले कलाकार घिमिरे कलाकारिताको उच्च तहमा पुगिसकेको र त्यहाँबाट तल झर्ने स्थिति नहोस् भन्दै जन्मदिनको शुभकामना दिए । उनले कलाकार घिमिरेले चलचित्र र कलाकारितामा दिएको योगदानले हास्य कलाकारको कद झनै बढ्दै गएको पनि बताए ।

कार्यक्रममा कलाकार किरण केसीले आफूसँग काम गर्दाको अनुभवलाई सम्झिँदै उनको प्रशंसा गरे । उनले कलाकार घिमिरेले कलाकारिता शुरुवात गर्दा आफूलाई धेरै सहयोग गरेको बताए ।

कलाकार घिमिरे शालीन, भद्र र सकारात्मकता भएको व्यक्तिको रुपमा उनलाई चित्रित गरे । उनले हास्य कलाकारहरुको प्रतिष्पर्धा रहे पनि एउटालाई दुःख पर्दा अर्कोले सहयोग गर्ने भावना हास्य कलाकारहरुमा मात्रै रहेको बताए ।

कार्यक्रममा कलाकार घिमिरेलाई जन्मदिनको शुभकाना दिँदै कलाकार दीपकराज गिरीले घिमिरेको संघर्षबाट नै आज यो स्थान हासिल गर्न सफल भएको बताए । उनले आफूले घिमिरेसँग चलचित्रमा सहयात्रा गरेको १० वर्ष भएको बताए । आफूलाई मानसिक रुपमा, भौतिक रुपमा, चलचित्र लेखन लगायतका क्षेत्रमा साथ दिँदा आफूलाई झनै राम्रो भएको र यात्रा अझै अघि बढ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कलाकार दीपाश्री निरौलाले कलाकार घिमिरे जस्तोसुकै परिस्थितिमा पनि सल्लाह र सुझाव दिने गरेको बताइन् । उनले घिमिरे र आफ्नो चलचित्रको सहयात्रा १० वर्ष पुगिसकेको र कलाकार घिमिरे एउटै पात्रमा आधारित रहेर आफ्नो परिचय दिनसक्ने व्यक्ति भएको भन्दै प्रशंसा गरिन् ।

कार्यक्रममा कलाकार केदार घिमिरेले चलचित्रको सहयात्रा र आफ्नो पात्रले अहिलेसम्म दर्शकलाई मनोरञ्जन दिन सकेकोमा खुशी व्यक्त गरे । उनले आगामी दिनमा झनै मनोरञ्जनात्मक चलचित्रहरु पस्किने प्रतिवद्धता जनाए ।

कलाकार घिमिरेको जन्म दिनको अवसरमा आयोजित कार्यक्रममा पुगेका अन्य कलाकारहरुले पनि जन्मदिनको शुभकाना व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर