अमेरिकी डलरसहित विमानस्थलबाट दुई बंगलादेशी र एक भारतीय नागरिक पक्राउ

अवैध रूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर २७ हजार १ सय २९ सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना बंगलादेशी र १ जना भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा बंगलादेशी नागरिकहरू ३७ वर्षीय एमडी मोफिजुल इस्लाम र ४७ वर्षीय देबासहिस कुमार साह तथा भारतीय नागरिक ४३ वर्षीय सन्दीप कुमार रहेका छन्। उनीहरू मंगलबार पक्राउ परेका हुन्।

विमान बंगलादेशको उडानद्वारा बंगलादेशको ढाकातर्फ जान लागेका बंगलादेशी नागरिकहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा दुवै जनाको साथबाट १०/१० हजार गरी जम्मा २० हजार अमेरेकी डलर प्रहरीले फेला पारी पक्राउ गरेको हो। साथै फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै यूएसए जान लागेका भारतीय नागरिक सन्दीप कुमारलाई विभिन्न दरको अमेरिकी डलर ७ हजार १ सय २९ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर