१० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति नगरे आन्दोलनमा उत्रिने नेपाल बारको चेतावनी

नेपाल बार एशोसिएशनले सरकारलाई प्रधानन्यायाधीश नयुक्ति गर्न १० दिनको अल्टिमेटम दिएको छ । बुधबार बार परिसरमा पत्रकार सम्मेलन गरी १० दिनभित्र सर्वोच्च अदालतको प्रधानन्यायाधिश नियुक्ति नगरे नेपाल बारले आन्दोलन सुरु गर्ने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कायममुकायम प्रधानन्यायाधीशबाट सर्वोच्च अदालत सञ्चालन भएको नै १ वर्ष बढी बितिसकेको भन्दै अबको १० दिनभित्रमा प्रधानन्यायाधीश नियुक्ति नगरे आन्दोलन सुरु गर्ने चेतावनी दिए ।

उनले सर्वोच्च अदालतमा पनि अटोमेशन प्रणाली लागू गरेर पेसीको व्यवस्थापन नगरे आन्दोलन गर्ने बताए । उनले कार्यपालिका र व्यवस्थापिकाले सर्वोच्च अदालतलगायत न्यायालयलाई नै हेपेको आरोप लगाए। उनले न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचार मुक्त बनाउने अभियानको फेहरिस्त दिनसमेत माग गरे ।

पत्रकार सम्मेलनमा सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष हरिशंकर निरौलाले कानूनबमोजिम अविलम्ब प्रधानन्यायाधीश नियुक्त गर्न माग गरे । उनले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति नगर्नु भनेको न्यायपालिकाको लागि शुभलक्षण नभएको बताए ।

उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोगको टुंगो चाँडो लगाउन पनि माग गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर