कोरोनाबाट आज पनि एक जनाको मृत्यु, थपिए १२१ संक्रमित

कोरोना भाइरस संक्रमणबाट आज पनि एक जनाको मृत्यु भएको छ। यसअघि तीन महिनापछि हिजो एक जनाको संक्रमणका कारण मृत्यु भएको थियो। त्यसअघि भने २३ पुसमा मात्र कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १२१ जनामा संक्रमण देखा परेको छ।

कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर