थपिए कोरोनाका १३६ संक्रमित

नेपालमा गत २४ घण्टाको अवधिमा थप १३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १ हजार ४२४ जनाको नमुना परीक्षण गर्दा उक्त संख्याका मानिसमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आरटी पीसीआर विधिबाट गरिएको परीक्षणमा ३४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०२ जनामा संक्रमण पुष्टि भएको हो। हाल देशभर कोरोनाका संक्रिय संक्रमितको संख्या ४०१ रहेको छ। यसमा आरटी पीसीआर विधिको मात्र संख्या समावेश छ।

गत २४ घण्टामा संक्रमणका कारण कसैको पनि मृत्यु भने भएको छैन। यसअघि मंगलबार र बुधबार लगातार १/१ जनाको मृत्यु भएको थियो।

२४ घण्टामा ६८ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने ६४ हजार ८५७ जनाले खोप लगाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर