बालकोटमा ढल विस्तारको क्रममा खसेको माटोको ढिस्कोले पुरिएका मजदुरको उद्धार

भक्तपुरको बालकोटमा ढल विस्तारका क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएका दुई जना मजदुरको उद्धार गरिएको छ।

सूर्यविनायक नगरपालिका-२, बालकोट, रागिनी हाइटमा कौशलटारबाट सिरुटार जाने सडकको अन्जादी २० मिटरभित्रको बस्तीमा नयाँ ढल विस्तारको काम भइरहेको छ। आज अपराह्न ४ बजेतिर त्यहाँ काम गरिरहेका सुनसरीको गढी गाउँपालिका-२ घर भई हाल बालकोट बस्ने ३० वर्षीय सियाराम सदा र २२ वर्षीय नितेश सदा माटोको ढिस्कोले पुरिएका थिए।

घटनाबारे जानकारी प्राप्त भएलगत्तै प्रहरी हवल्दार प्रमिला कार्कीसहितको टोली र वृत्त ठिमीबाट प्रहरी नायब उपरीक्षक.रबिन श्रेष्ठको कमाण्डमा १८ जनाको टोली खटिएको थियो। सो प्रहरी टोलीले जेसीबीको सहयोगमा उनीहरूको उद्धार गरेको हो।

साथै उनीहरूलाई काममा लगाउने एकै ठेगाना भई बालकोटमा रिङ कारखाना सञ्चालन गरी बस्ने ४६ वर्षीय रामदेव यादव एक्कासी बेहोस भएका थिए।

उनीहरू तीनै जनाको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर