जनतामा भ्रम छर्न रविले भ्रष्टाचार र सुशासनका नारा लगाए : योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशलाई ढाँटेको बताएका छन्। आइतबार भरतपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सो आरोप लगाएका हुन्।

उनले प्रक्रिया पूरा नगरी निर्वाचनमा प्रतिस्पर्धा गर्नु भनेको देश, जनता, कानून, संविधानलाई ढाँट्नु भएको बताए। उनले नेकपा एमालेलाई ७० वर्षसम्म पनि नआएका प्रश्नहरूको सभापति लामिछानेले ७ महिना नपुग्दै यति धेरै जवाफ दिनुपर्ने स्थिति सिर्जना भएको बताए।

उनले सभापति लामिछानेले दिएका भ्रष्टाचार, सुशासनका नारा जनतालाई भ्रम पार्नका लागि मात्रै भएको बताए। उनले रास्वपा सभापति लामिछाने अर्ग्यानिक क्याण्डिडेट नभएको बताए। उनले सभापति लामिछानेले सार्वजनिक खरिद ऐनको विपरीत ठेक्कापट्टामा निर्णय गरेको भन्दै विरोध जनाए।

सचिव भट्टराईले जनतालाई ढाँटेकोप्रति ५ वर्ष प्रायश्चित गर्नुपर्नेमा लामिछाने चुनाव उठिरहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर