प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न संवैधानिक परिषदको बैठक आह्वान

लामो समयदेखि रिक्त प्रधान्यायाधीश पदमा नियुक्ति सिफारिसका लागि संवैधानिक परिषदको बैठक आह्वान भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बिहान ९ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएको उनको सचिवालय स्रोतले जनाएको छ।

चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ। हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहेका छन्।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा विपक्षी दल नेकपा (एमाले) का नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन्।

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि बस्ने संवैधानिक परिषदको बैठकमा भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सदस्य रहन्छन्। हाल कानुनमन्त्री पद पनि रिक्त छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर