बेहोश भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। मंगलबार बिहान छातीमा समस्या आएर बेहोश भएपछि उनलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको हो।

अस्पताल स्रोतका अनुसार छातीरोग विशेषज्ञ डा. निरज बम नेतृत्वको टोलीले पौडेलको उपचार गरिरहेको छ। उनको अक्सिजन लेबल कम भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

राष्ट्रपति कार्यालय र अस्पतालले उनको स्वास्थ्य अवस्थाबारे औपचारिक रूपमा कुनै जानकारी दिएको छैन।

एक हप्ताअघि पनि उनी बिरामी परेर शिक्षण अस्पतालमै उपचार गरेर फर्किएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर