राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ। मंगलबार बेलुकी बेहोश भएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज भर्ना गएिका उनको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि बुधबार बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् नयाँ दिल्ली लगिएको हो।

उनको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा उपचार हुनेछ। राष्ट्रपतिले पौडेलले विगतमा पनि एम्स अस्पतालमा उपचार गराउने गरेका थिए।

त्रिवि शिक्षण अस्पतालका चिकित्सक र एम्स अस्पतालको चिकित्सकहरूका बीचमा परामर्श हुँंदा उनलाई उपचारका लागि त्यहीँं जान उपयुक्त हुने राय आएपछि एम्स अस्पताल लगिएको हो।

राष्ट्रपति पौडेलको उपचार तत्काल सुरु हुने गरी एम्स हस्पिटलको भीभीआईपी लाउन्जलाई तयारी अवस्थामा राखिएको छ। एम्सका वरिष्ठ कन्सलटेन्ट चिकित्सकहरूको टोली अलर्टमा छन्। तत्काल अपरेसन गर्नुपर्ने अवस्थामा एउटा अपरेसन थिएटरलाई रिजर्भ गरेर राखिएको छ।

राष्ट्रपति पौडेलसँगै त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सक र एक जना नर्स पनि भारत गएका छन्।

यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। त्यसको फलोअपका लागि उनी सोमबार पुनः अस्पताल पुगेका थिए। त्यहाँ उनको पेटको तल्लो भागबाट पानी निकालेर परीक्षणका लागि पठाइएको थियो। इन्फेक्सन नघटेको पाइएपछि उनलाई भारत लगेर उपचार गराउन चिकित्सकहरुले सुझाव दिएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर