प्रधानमन्त्रीको भारत भ्रमणमा सीमासम्बन्धी समस्याको विषय प्राथमिकतामा पर्नेछ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको समय निश्चित नभएको बताएकी छन्।

बिहीबार वैशाख ५ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको जवाफ दिँदै उनले सो कुरा बताएकी हुन्।

उनले प्रधानमन्त्रीको भारत भ्रमण निश्चित रहे पनि मिति भने तोकिनसकिएको बताइन्।

उनले भ्रमणका क्रममा प्रधानमन्त्रीले राख्ने विषयहरू मन्त्रालयहरूले प्राथमिकताका आधारमा सुझाव दिने बताइन्। उनले प्रधानमन्त्रीको भारत भ्रमणमा सीमासम्बन्धी समस्याका कुराहरुरू प्राथमिकतामा पर्ने पनि बताइन्।

उनले भनिन्,‘प्रधानमन्त्रीको भारत भ्रमण हुने भन्ने कुरा छ तर मिति निश्चित भइसकेको छैन। मिति तय भइसकेपछि नै भ्रमणको तयारीको बारेमा मन्त्रालयले प्राथमिकताका आधारमा योजना बनाउनेछ। के कस्ता योजना समावेश गर्ने भन्ने कुरा क्याबिनेटबाट नै स्वीकृत हुने हुँदा अहिले मिति तोकिसकिएको छैन। भारत सरकारसँग सम्बन्धित रहने योजना, जुन भारतसँग सहयोग लिनुपर्ने हुन्छ, तिनै योजना नै प्राथमिकतामा पर्ने हो। सीमासम्बन्धी समस्याका कुराहरू प्राथमिकतामा पर्नेछन्।’

मन्त्री शर्माले प्रधानमन्त्रीको भारत भ्रमण निश्चित भइसकेपछि भारसँग छलफलका एजेण्डाहरू तय गर्ने पनि बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर