काठमाडौं महानगरलाई सर्वोच्चको आदेश- सिंहदरबारको फोहोर तीन दिनभित्र उठाउनू

सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहोर तीन दिनभित्र उठाउन आदेश दिएको छ।

शुक्रबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आदेश प्राप्त भएको मितिले तीन दिनभित्र संकलन गरेर फोहोर उठाई विसर्जन गर्न गराउन काठमाडौं महानगरको नाममा अन्तरिम आदेश जारी गरेको हो।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘रिट निवेदनले उल्लेख गरेको स्थानको फोहोरहरु यो आदेश प्राप्त भएको मितिले तीन दिनभित्र सङ्कलन गरी पठाई विसर्जनसमेत अविलम्ब गर्नू, गराउनू भनी काठमाडौं महानगरपालिकाको नाममा सर्वोच्च्च अदालत नियमावली २०७४ को नियम ४९ (२) (क) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार, बालुवाटार र शीतल निवास क्षेत्रको फोहोर नउठाउने भनी सामाजिक सञ्जालमा अभिव्यक्ति दिएपछि फोहोर उठ्न रोकिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर