प्रधानमन्त्री दाहाल नेतृत्वको टोली ३० वैशाख वा १ जेठमा भारत भ्रमणमा जाने

प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भारत भ्रमणका लागि भारतले एकहप्ताभित्रको सम्भावित मिति पठाएको छ । दिल्लीले प्रधानमन्त्री दाहाललाई भारत भ्रमणका लागि २८ वैशाखदेखि ४ जेठभित्र ( मे ११ देखि १८) सम्मको समय उपयुक्त हुनेभन्दै जानकारी गराएको हो ।

भारतीय विदेश मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत पठाएको जानकारीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरको कार्य ब्यस्तताका कारण प्रधानमन्त्री दाहाल ११ मे पछि १८ मे भित्र भारत भ्रमणमा आउँदा उपयुक्त हुने जानकारी गराएको हो ।

प्रधानमन्त्री दाहालको सचिवालय र परराष्ट्र मन्त्रालयले उनको भारत भ्रमणका लागि ३० वैशाख वा १ जेठको मिति तयगर्ने तयारी गरिरहेको छ । उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री दाहालको भारत भ्रमण तीनदिन लामो हुनेछ । यसका लागि मंगलबारसम्म मिति तय गरेर भारतीय पक्षलाई जानकारी गराउने तयारी भइरहेको छ ।

प्रधानमन्त्री भए लगत्तै दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने औपचारिक घोषणा गरेका थिए । तर प्रधानमन्त्री बनेको चार महिनासम्म भ्रमण टुंगो नलाग्दा अनकेन अडकलबाजीका बीच भारतले भ्रमण ढिला हुनुको कारणसहित नेपाली पक्षलाई जानकारी गराएको हो ।

उसले प्रधानमन्त्री मोदी र विदेशमन्त्री जयशंकरको कार्यब्ययस्तता नै भ्रमणमा ढिलाई हुनुको प्रमुख कारण भनेको छ ।

भारतीय प्रधानमन्त्री मोदी यतिबेला कर्नाटक राज्यमा हुने विधानसभा निर्वाचनमा ब्यस्त रहेका छन् । मे–१० (वैशाख २७) मा कर्नाटकमा विधानसभा चुनाव हुँदैछ । त्यहाँ भाजपाको सरकार छ । जहाँ कांग्रेसले कडा टक्कर दिएको छ । प्रधानमन्त्री मोदी लगतार कर्नाटकको चुनावीसभाहरुमा व्यस्त छन् ।

यस्तै विदेशमन्त्री एस जयशंकरको विदेश यात्रा र संघाई सहयोग संगठनको बैठकका कारण उनी वैशाख २२ सम्म ब्यस्त रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर