पाल्पामा बस दुर्घटना, एकको मृत्यु, २० घाइतेलाई उद्धार गरी अस्पताल पठाइयो

पाल्पाको जोरधारामा आज बिहान बस दुर्घटना भएको छ। दुर्घटनमा एक महिलाको मृत्यु भएको छ। उद्धार कार्य जारी छ भने हालसम्म २० घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु भएकी महिलाको सनाखत हुन सकेको छैन। गम्भीर घाइते भएकी उनको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिए।

आइतबार बिहान बुटवलबाट बाग्लुङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको यात्रुवाहक बस पाल्पाको जोरधारामा दुर्घटना भएको हो।

उद्धार गरी लुम्बिनी मेडिकल कलेज पुर्‍याइएका २० घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।

बसमा कति यात्रु थिए भन्ने यकिन नभइसकेको र घटनास्थलमा सम्भावित घाइतेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर