उपनिर्वाचन-२०८०

रास्वपाले माफी मागेपछि चितवनमा रोकिएको मतदान सुरु

चितवन क्षेत्र नं. २ मा अवरुद्ध मतदान सुरु भएको छ। भरतपुर महानगरपालिका- ११, भोजाडस्थित नयाँकिरण कमलकुसुम मावि केन्द्रमा रोकिएको मतदान सुरु भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उम्मेदवार रवि लामिछानेका समर्थकले नाराबाजी गरेपछि नयाँकिरण मावि केन्द्रमा मतदान रोकिएको थियो। त्यहाँ केहीबेर तनावको स्थिति सिर्जना भएको थियो।

सर्वदलीय बैठकमा आचारसंहिता उल्लंघन गरेको विषयमा रास्वपाले माफी मागेपछि राेकिएकाे मतदान सुरु भएकाे हाे।

लामिछाने भरतपुर-१२ को मोहन माविबाट नयाँकिरण मावि भोजाडमा जाँदा उनका समर्थकहरूले पक्षमा नाराबाजी गरेका थिए। मतदानस्थलमा नाराबाजी गरेको भन्दै त्यसको विरोध अन्य दलले गरेपछि तनाव उत्पन्न भएको हो।

सो क्रममा मतदानस्थलबाहिर केहीबेर झडप भएको थियो। प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर