देशको संस्कृति र राष्ट्रियतामाथि अतिक्रमण भइरहेको छ : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देशको संस्कृति र राष्ट्रियतामाथि अतिक्रमण भइरहेको बताएका छन्।

आइतबार नेकपा (एकीकृत समाजवादी) ले आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलन : उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै सम्मानित नेता खनालले देशको संस्कृतिमाथि अन्तर्राष्ट्रिय क्षेत्रबाट अतिक्रमण भइरहेको बताएका हुन्।

उनले देशमा सांस्कृतिक संकट गहिरिँदै गएको बताए। उनले पछिल्लो समय कुनै निश्चित धर्मको नाममा ठूलाठूला भवनहरू बनेको भन्दै आश्चर्य प्रकट गरे। त्यसैगरी देशको राष्ट्रियता पनि संकटमा परिरहेको उनले बताए।

सम्मानित नेता खनालले विदेशी सैनिकहरू नेपाल आएर नेपाली सैनिकलाई प्रशिक्षण दिइरहेको भन्दै त्यसको आवश्यकतामाथि प्रश्न उठाए। उनले विदेशी सेनालाई नेपालमा ल्याउन कसले प्रोत्साहन गरिरहेको छ भनी प्रश्न गरे।

उनले देशका समस्याहरू समाधान गर्नका लागि विचार मिल्ने वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *