राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

भारतको नयाँदिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएको छ । उनकाे उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिएकाे नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

उनकाे स्वास्थ्य उपचार बुधबारदेखि पाँचौँ दिन पनि नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । राष्ट्रपति पौडेल स्वास्थ्य उपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *