लुम्बिनीमा ढल्यो एमाले नेतृत्वको सरकार

लुम्बिनी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेको छ।

सोमबार प्रदेशसभामा एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत नपाएपछि सरकार ढलेको हो।

विश्वासको नपाएसँगै मुख्यमन्त्री गिरी पदमुक्त भएका छन्।

सोमबार बिहान ११ बजे बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गिरीले मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मत मात्र खस्यो।

उनको पद कायम रहन ८७ सदस्यीय प्रदेशसभामा ४४ सांसदको समर्थन आवश्यक थियो। तर, उनले एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्यको मत मात्र पाए।

मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको छ। एक जना स्वतन्त्र सांसद, नोपली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका सत्ता गठबन्धनका दलले विपक्षमा मत दिएका छन्।

माओवादीलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्थाअनुसार विश्वासको मत लिएका हन्।

सत्तारूढ दलहरूले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै ५३ जना सांसदले लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए।

एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलको हिसाबले संविधानको धारा १६८ (३) बमोजिम सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर