उपनिर्वाचन-२०८०

चितवन-२ मा एमालेका न्यौपानेको प्रारम्भिक अग्रता

चितनव क्षेत्र नं. २ मा भइरहेको उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले सुरुवाती अग्रता लिएका छन्।

सोमबार दिउँसो २ बजेदेखि गन्न सुरु गरिएको मतको प्रारम्भिक परिणामअनुसार इच्छाकामना गाउँपालिका-१ को ९७१ मत गनेर सकिँदा एमालेका न्यौपानेले ३६७ मत पाएका छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३१९ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले २४४ मत पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *