उपनिर्वाचन-२०८०

चितवन-२ मा रवि लामिछानेले लिए अग्रता

उपनिर्वाचनअन्तर्गत चितवन-२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।

इच्छाकामना गाउँपालिकाका १ र ३ वडाको २४८४ मत गणना हुँदा लामिछानेले ११५५ मत पाएका छन्। उनलाई नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले ६५५ मत ल्याएर पछ्याइरहेका छन्।

यसअघि पहिलो पटक मतपरिणाम आउँदा एमालेका न्यौपाने अगाडि थिए।

कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर