उपनिर्वाचन-२०८०

तनहुँ-१ मा स्वर्णिम वाग्ले ७ हजार मतान्तरले अगाडि

तनहुँ क्षेत्र नं. १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले फराकिलो मतान्तरसहित अग्रता लिएका छन्। आइतबार रातिदेखि भइरहेको मतगणनामा रास्वपा उम्मेदवार वाग्लेले सुरुवातदेखि नै अग्रता लिइरहेका हुन्।

सार्वजनिक पछिल्लो मतपरिणामअनुसार उनले ७ हजारभन्दा धेरै मतान्तरले निकटतम प्रतिस्पर्धीलाई पछि पारेका छन्।

३५ हजार ३३ मतगणना हुँदा वाग्लेले १७ हजार ९०२ मत पाएका छन्।

नेपाली कांग्रेसका गोविन्द भट्टराईले १० हजार २२८ मत पाएका छन्। त्यस्तै नेकपा (एमाले) का सर्वेन्द्र खनालले ५ हजार ६६ मत पाएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *