उपनिर्वाचन-२०८०

नागरिकता विवादले पद गुमाएका रवि मंसिरको भन्दा बढी मतसहित विजयी

चितवन-२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन्।

अन्तिम मतपरिणामअनुसार लामिछानेले ५४ हजार १७५ मत पाएका छन्। यो मत उनले मंसिर ४ को निर्वाचनमा पाएको भन्दा ४ हजार ८७५ ले बढी हो। मंसिरमा उनले ४९ हजार ३०० मत पाएका थिए।

उपनिर्वाचनमा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार ११४ मत पाएका छन्।
उनीहरूबीचको मतान्तर ४३ हजार ६१ छ।

अमेरिकी नागरिकता लिएर फेरि नेपाली नागरिकता नलिएको मुद्दामा उनको सांसद पद गुमेको थियो। उनको सांसद पद गुमेका कारण चितवन–२ मा उपनिर्वाचन भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर