गोरखा भूकम्पको ८ वर्ष : टेको लगाएकै घरमा बस्छन् कतिपय काठमाडौंवासी (तस्बिरहरू)

महाभूकम्प गएको ८ वर्ष पूरा भइसक्दासमेत भौतिक संरचनाहरुको पुनःनिर्माण हुन नसक्दा जोखिम मोलेर नै नागरिकहरु भत्किएका संरचनामा बस्न बाध्य छन्।

२०७२ साल वैशाख १२ गते शनिबार गएको भूकम्पबाट काठमाडौंका अधिकांश भौतिक संरचनामा क्षति पुगे पनि घरधनीलगायत सरकारी स्तरबाट पनि आवश्यक चासो नहुँदा आम नागरिकहरू भने टेको लगाइएका संरचनामा नै व्यापार व्यवसाय र बसोवास गर्न बाध्य भएका हुन्।

काठमाडौंको वसन्तपुर, असन, न्युरोडलगायतका क्षेत्रमा अझैसम्म पनि भौतिक संरचनाहरू टेको लगाएर अड्याइएको छ। तर पनि आम नागरिकहरू भने तिनै टेको लगाइएका संरचनामा व्यापार गरेर बसिरहेका छन्।

२०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा (आजकै दिन) गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त दिन र त्यसपछि आएका भूकम्पले ठूलो धनजनको क्षति भएको थियो। काठमाडौं उपत्यकामा यसरी टेको लगाएका घरहरू धेरै छन्। तर, यस्तो जोखिममा पनि मानिसहरू बस्न छोडेका छैनन्।

भूकम्प गएको ८ वर्ष बितिसक्दा समेत घर नबनाइनु र काठमाडौं महानगरपालिकाले बेवास्ता गर्नु पनि यसको एक कारण हो। यसरी जोखिमयुक्त घर हालसम्म किन बनाउनु भएन भन्ने प्रश्नमा कति घरमूलीहरू बोल्न मानेनन्। कतिपय त आफैं जोखिम मोलेर टेको लगाएको घरमा व्यापार गरिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर