नेपाली समाजले भ्रष्टाचार स्विकारिसकेको छ : सन्तोष परियार

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली समाजले भ्रष्टाचार स्विकारिसकेको बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।

उनले समाजले भ्रष्टाचार स्विकार्नु सबैभन्दा गम्भीर विषय भएको बताए। उनले संस्कृतिमा भएको भ्रष्टाचारलाई कसरी निवारण गर्ने भन्ने बारेमा सोच्न जरुरी रहेको बताए।

उनले नेपालमा नीतिगत, राजनीतिक भ्रष्टाचार व्याप्त भएको बताए। उनले राज्यले भ्रष्टाचार गर्दा जनता गरिब भएको बताए।

प्रमुख सचेतक परियारले मानिसले कसरी कमायो भन्ने कुरा समाजले नहेर्ने गरेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *