उपनिर्वाचनबाट निर्वाचित सांसदले आज शपथ लिँदै

यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित तीन जना प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण आज हुने भएको छ ।

चितवन-२ बाट निर्वाचित रवि लामिछाने, बारा-२ बाट निर्वाचित उपेन्द्र यादव तथा तनहुँ-१ बाट निर्वाचित स्वर्णिम वाग्लेको आज बिहान ११:३० बजे शपथग्रहण हुने तयारी गरिएको छ ।

निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गराउनाका साथै सांसदको लोगो वितरण गर्ने कार्यक्रम तय भएको छ ।

गत मंसिर ४ मा भएको निर्वाचनबाट तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो । साथै बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएको र चितवन-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादका कारण पदमुक्त भएकाले उपनिर्वाचन गरिएको थियो । उपनिर्वाचनबाट लामिछाने पुनः सांसद चुनिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *